Like us!
Follow us!
Connect us!
Watch us!

सुनचाँदी व्यवसायी महासंघको अध्यक्षमा रसाईली निर्वाचित, यस्तो बन्यो नयाँ कार्यसमिति

अर्थ संसार

आइतबार, १६ असार २०८१, १४ : २८ मा प्रकाशित

सुनचाँदी व्यवसायी महासंघको अध्यक्षमा रसाईली निर्वाचित, यस्तो बन्यो नयाँ कार्यसमिति

नेपाल सुनचाँदी ब्यसायी महासंघमा अर्जुन रसाइलीको नेतृत्वमा नयाँ कार्य समिति निर्वाचित भएको छ । असार १४ र १५ गते काठमाडौंमा आयोजना भएको महासंघको ९ औं, १० औं र ११ औं बार्षिक साधारण सभा तथा चौथो महाअधिवेशनले रसाइलीको नेतृत्वमा ५५ सदस्यीय नयाँ कार्य समिति निर्विाचित भएको हो ।

शनिबार भएको निर्वाचनमा कुल ४ सय ४६ मतदाता थिए । त्यसमध्ये ४ सय ३५ मत खसेको थियो । नवनिर्वाचित अध्यक्ष रसाइलीले २ सय ५० मत प्राप्त गरे। अधयक्षका अर्का प्रत्यासी महासंघका तृतीय उपाध्यक्ष विपिन रामुदामुले १ सय ८४ मत प्राप्त गर्नुभएको थियो ।

कार्य समितिको वरिष्ठ उपाध्यक्षमा दियशरत्न शाक्य, प्रथम उपाध्यक्षमा धर्मसुन्दर बज्राचार्य, दित्तिय उपाध्यक्षमा वुद्धि दियाली, तृतिय उपाध्यक्षमा रुपदल विश्वकर्मा, एसोसिएटस उपाध्यक्षमा पवन सोमानी र महासचिवमा किरणभभाई बज्राचार्य निर्वाचित भए ।यस्तै कोषाध्यक्षमा सुदिप श्रेष्ठ, सचिवमा टुलक प्रसाद विश्वकर्मा र निर्मल दियाली, सहकोषाध्यक्षमा पद्धमशुन्दर शाक्य निर्वाचित भए ।

यस्तै प्रत्येक प्रदेशवाट २ जनाका दरले निर्वाचित हुने सदस्यमा कोसीवाट राजकुमार गुप्ता र जयप्रकास गजमेर, मधेसवाट विकास कुमार सारडा र मनोज कुमार सर्राफ, वागमतिवाट प्रकाशचन्द्र शाक्य र जीवन शाक्य, गण्डकीवाट हिमवहादुर विश्वकर्म र विनोदकमार विक, लुम्विनीवाट भीमसिंह विके र संजय सोनी, कणालीवाट ज्ञानेन्द्रबहादुर विश्वकर्मा र मेघराज सुनार तथा सुदुरपश्चिमवाट गणेशबहादुर सुिनार र रमेश बहादुर सुनार निर्वाचित भए ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको