Like us!
Follow us!
Connect us!
Watch us!

टी- २० विश्वकपको 'टिम अफ द टुर्नामेन्ट' घोषणा, भारतका ६ खेलाडी सामेल

अर्थ संसार

मंगलबार, १८ असार २०८१, ०८ : १५ मा प्रकाशित

टी- २० विश्वकपको 'टिम अफ द टुर्नामेन्ट' घोषणा, भारतका ६ खेलाडी सामेल

आइसीसीले टी- २० विश्वकपको टिम अफ द टुर्नामेन्ट घोषणा गरेको छ ।

आइसीसीको टिम अफ द टुर्नामेन्टमा विश्वकप विजेत देश भारतबाट कप्तान रोहित शर्मासहित ६ खेलाडी परेका छन् । जसमा कप्तान रोहितसहित सूर्यकुमार यादव, हार्दिक पाण्डेय, अक्सर पटेल, जसप्रित बुमराह र अर्शदीप सिंह रहेका छन् ।

त्यस्तै विश्वकपको टिम अफ द टुर्नामेन्टमा अफगानिस्तानका तीन खेलाडी रहेका छन् । जसमा कप्तान राशिद खान, रहमतुल्लाह गुरबाज र फजाल्हक फारुकी रहेका छन् । त्यस्तै वेस्ट इन्डिजका निकोलस पुरन, अस्ट्रेलियाका मार्कस स्टोइनिस यस टिममा परेका छन् ।

त्यस्तै यस टिमको १२औं खेलाडीको रुपमा उपविजेता बनेको दक्षिण अफ्रिकाका बलर एनरीक नोकिया रहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको