अर्थ संसार, रुकुम– रुकुम पूर्वमा वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का प्रतिनिधिसभा सदस्य उम्मेदवार कमला रोका विजयी हुनुभएको छ । रोकाले आफ्ना प्रतिस्पर्धी नेपाली काँग्रेसका हरिशंकर घर्तीलाई ६ हजार २८ मतअन्तरले पछि पार्दै विजयी हुनुभएको हो ।
जम्मा खसेको मत १८ हजार ३१ मध्ये बिजयी हुनुभएकी रोकाले १० हजार ४३४ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी घर्तीले चार हजार ४०६ मत ल्याउनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
पूर्वयुवा तथा खेलकुद मन्त्रीसमेत रहनुभएकी रोका माओवादी केन्द्रका उम्मेदवारमध्ये पहिलो विजेता बन्नुभएको छ । एक प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको यहाँ प्रदेशसभाका दुवै क्षेत्रमा पनि माओवादी केन्द्रका उम्मेदवारले अग्रता लिएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस