Like us!
Follow us!
Connect us!
Watch us!

मुस्ताङ जिल्ला, एमालेको किल्ला !

शुक्रबार, २२ मंसिर २०७४, ०९ : ०० मा प्रकाशित

मुस्ताङ जिल्ला, एमालेको किल्ला !

अर्थ संसार, पोखरा– पहिलो चरणको निर्वाचन अन्तर्गत गत मंसिर १० गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मुस्ताङ जिल्लामा नेकपा (एमाले) विजयी भएको छ ।

मुस्ताङको प्रतिनिधिसभा सदस्यमा एमालेका प्रेमप्रसाद तुलाचन तीन हजार ५४४ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रोमी गौचन थकालीले तीन हजार २८१ मत ल्याउनुभएको जिल्ला निर्वाचन कार्यालय मुस्ताङका प्रमुख सीताराम शर्मा लामिछानेले जानकारी दिनुभयो ।

त्यस्तै, प्रदेशसभा १ (क)मा एमालेका इन्द्रधारा विष्ट एक हजार १६७ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी छिरिङधावा गुरुङले ६५७ मत ल्याउनुभएको थियो ।

यसैगरी, प्रदेशसभा १ (ख) मा एमालेकै महेन्द्रबहादुर थकालीले दुई हजार ५८४ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकाका छिरिङ गुरुङले दुई हजार २५९ मत प्राप्त गर्नुभएको थियो ।

नौ हजार ४२७ मतदाता रहेको मुस्ताङमा ६ हजार ७१४ मत खसेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिनिधिसभामा मनाङबाट एमाले विजयी

रुकुम पूर्वमा वाम गठबन्धनकी रोका विजयी 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको