अर्थ संसार, काठमाडौँ– बिहीबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत काठमाडौँ जिल्लाका केही निर्वाचन क्षेत्रका मतगणना शुरु भएको छ ।
काठमाडौँ जिल्ला मुख्य निर्वाचन आधिकृत रमेशराज पोख्रेलका अनुसार काठमाडौँ निर्वाचन क्षेत्र १, ४, ५ र ६ मतगणना कार्य शुरु भएको छ । बाँकी निर्वाचन क्षेत्रको शीघ्र शुरु हुने उहाँले जानकारी दिनुभयो ।
काठमाडौँ जिल्लामा १० वटा निर्वाचन क्षेत्र रहेका छन् । ती सबैको निर्वाचन मतगणना एकै ठाउँमा गणना गर्दा ढिलाइ हुने भएकाले राष्ट्रिय सभागृह, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वर, सहकारी विकास विभाग नयाँ बानेश्वर, वन परिसर र जिल्ला समन्वय केन्द्र बबरमहलमा मतगणनाको तयारी भइराखेको छ ।
मुख्य निर्वाचन अधिकृत पोखरेलका अनुसार निर्वाचन क्षेत्र नं १, २, ३ र ४ राष्ट्रिय सभागृहमा मतगणना हुनेछ । त्यसैगरी, निर्वाचन क्षेत्र नं ५ र ७ को सहकारी विकास विभागको तालीम केन्द्र बानेश्वरमा मतगणनाका हुनेछ ।
त्यसैगरी, निर्वाचन क्षेत्र नं ९ र १० अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बानेश्वरमा मतगणना हुन्छ । निर्वाचन क्षेत्र नं ८ को वन परिसर बबरमहलमा र निर्वाचन क्षेत्र नं ६ जिल्ला समन्वय समिति बबरमहलमा मतगणना हुने तयारी भएको छ । तस्विर : रासस
यो पनि पढ्नुहोस्
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस