Like us!
Follow us!
Connect us!
Watch us!

सप्तकोशी ब्यारेजको ५६ वटै ढोका खोलियो

अर्थ संसार

आइतबार, २३ असार २०८१, १० : ४१ मा प्रकाशित

सप्तकोशी ब्यारेजको ५६ वटै ढोका खोलियो

सप्तकोशी नदीको जलसतह बढ्दै गएपछि कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको छ ।  अविरल वर्षाको कारण सप्तकोशी नदीमा पानीको बहाव उच्च भएपछी कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको हो 

सुनसरी प्रहरीका अनुसार आज बिहान ९ः०० बजेको मापन अनुसार पानीको बहाव प्रतिघण्टा ३ लाख ६८ हजार ६७० क्युसेक पुगेको छ ।

पानीको बहाव बढेसँगै कोशी ब्यारेजमा रातो झन्डा गाडिएको छ ।

सप्तकोशी ब्यारेजले प्रतिघण्टा ४ लाख क्युसेकसम्म धान्न सक्ने प्रहरी बताउँछ । पानीको बहाव अझै बढ्ने अनुमान गरिएको छ । ८ बजेको मापनमा प्रतिघण्टा ३ लाख ४९ हजार क्युसेक थियो भने ७ बजे ३ लाख ४२ हजार क्युसेक पानी थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको