काठमाडौँ निर्वाचन क्षेत्र नं ५ को प्रारम्भिक मतगणनामा वाम गठबन्धनका प्रतिनिधिसभाका उम्मेदवार ईश्वर पोखरेलले अग्रता लिनुभएको छ ।
प्रारम्भिक नतिजाअनुसार पोखरेलको ६८० र नेपाली काँग्रेसका उम्मेदवार डा प्रकाशशरण महतको २९८ मत रहेको छ । निर्वाचन क्षेत्र नं ५ र ७ को सहकारी विकास विभागको तालीम केन्द्र बानेश्वरमा मतगणनाका जारी छ ।
त्यसैबीच काठमाडौं क्षेत्र नं ९ र १० को मतगणना केहीबेर अघि अन्तरराष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा शुरु भएको निर्वाचन अधिकृत विदुर काफ्लेले जानकारी दिनुभयो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस