Like us!
Follow us!
Connect us!
Watch us!

झुठा आश्वासन देखाएर जनतालाई भ्रमित नपार्नुस्ः ज्ञानेन्द्र शाही

अर्थ संसार

आइतबार, २३ असार २०८१, १४ : २१ मा प्रकाशित

झुठा आश्वासन देखाएर जनतालाई भ्रमित नपार्नुस्ः ज्ञानेन्द्र शाही

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले गृहमन्त्री रवि लामिछानेलाई झुठा आश्वासन देखाएर जनतालाई भ्रमित नपार्न आग्रह गरेका छन्।

आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले फाइल खोल्न कसैले नरोकेको र अझै सरकारमा ७ दिन रहने भएकाले फाइल खोल्न आग्रहसमेत गरे।

उनले भने, ‘एकजना सम्माननीय नेता नै हुनुहुन्छ यो संसदमा । उहाँ आफू पदमा हुँदा सबै सहि भन्नुहुन्छ । जब पदबाट जान लाग्नुभयो तब गणतन्त्र खतरामा पर्‍यो धर्म निरपेक्षमता खतरामा पर्‍यो भन्नुहुन्छ । अहिले गृहमन्त्री ज्यूको भाका त्यही भएको छ । हुन त सरकारमा पनि सँगै हुनुहुन्छ । फाइल खोल्ने थेँ त्यही भएर सरकार ढाले भन्नुहुन्छ । अझै ७ दिन छ । फाइल खोलौँ झ्यामकी झ्यामा यहाँबाट पक्राउ गरेर जेल हाल्नुस् हामी साथ दिन्छौँ । खोल्नुहोस् न फाइल कसले रोकेको छ ? यो जनतालाई कति भ्रमित पार्ने हो?’

यस्तै उनले निर्मला पन्तको हत्यारालाई ७२ घन्टामा पत्ता लगाउँछु भन्दै गृहमन्त्री लामिछानेले आश्वासन देखाएर भोट मागेको तर जनताले भोट हालेर जिताएपछि सरकारमा बसेको १२४ दिनसम्म केहि पनि गर्न नसकेको दाबी गरे।

‘मलाई मेरा गृहमन्त्रीज्यूबाट केही माग्नु छैन । जिबी राई पक्राउ गरेर ल्याउनुस्, यही संसदमा हामी फूलमालाले स्वागत गर्छौँ। अरु केही गर्नु पर्दैन,’ उनले भने।

उनले संविधान संशोधन गरेर प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने पनि बताए ।

उनले भने, ‘जसलाई जे मन लाग्यो त्यही गरेको छ । त्यही भएर संविधान संशोधन गरौँ । यो संविधान गीता होइन । यो संविधान कुरान होइन यो संविधान बाइबल होइन । यो संविधान देशको हितमा छ भने संशोधन गरेर अगाडि बढौँ छैन भने धाराहरु कटौँती गरौँ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको