Like us!
Follow us!
Connect us!
Watch us!

ज्ञानेन्द्र शाहीको प्रश्न : ओली सरकारले बर्दी लगाएका प्रहरीलाई जाँड खाएर कुट्न छुट दिएको हो ?

अर्थ संसार

मंगलबार, २९ माघ २०८१, १७ : ३८ मा प्रकाशित

ज्ञानेन्द्र शाहीको प्रश्न : ओली सरकारले बर्दी लगाएका प्रहरीलाई जाँड खाएर कुट्न छुट दिएको हो ?

राप्रपा सांसद ज्ञानेन्द्र शाहीले जाँड खाएर बर्दी लगाएका प्रहरी कुट्नेलाई कारबाही गर्न माग गरेका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शाहीले यस्तो  माग गरेका हुन् । 

उनले भने,‘आज यो देशमा ७९ हजार ५०१ जना नेपाल प्रहरी छन् । आज ती प्रहरीको शिर निहुराउने काम यो सरकारले गरेको छ,प्रहरीको बर्दी लगाएका मानिसहरूलाई जाँड खाएर बाटोबाटोमा कुट्न ओली सरकारले छुट दिएको हो ? यदि हो भने तपाईँहरू एउटा संविधान बनाउनुस् । यस्तो गर्न पाइन्छ भनेर ।’

उनले विधिको शासन यही हो भन्दै एमालेकी लुम्बिनी प्रदेश सांसदले घरेलु कामदारमाथि गरेको ज्याजतिमा सत्ताको निगाहामा उन्मुक्ति दिएको बताए ।

उनले राज्यको ज्याजति बढेको भन्दै बरु केपी शर्मा ओली सरकारका कार्यकर्तालाई बलात्कार, लुट र छुट पाइन्छ भनेर कानुन बनाउन सुझाव दिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको