अर्थ संसार, काठमाडौं–प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न भएको छ । निर्वाचन सम्पन्नसँगै मतपरिणाम पनि आउनेक्रम जारी छ ।
अहिलेसम्मको मतपरिणाम अनुसार नेकपा (एमाले) पहिलो, माओवादी केन्द्रको दोस्रो र नेपाली कांग्रेस तेस्रो स्थानमा देखिएको छ ।
पछिल्लो मतगणना अनुसार प्रतिनिधिसभामा नेकपा एमाले ५ विजयी, ३५ स्थानमा अग्रता, माओवादी केद्रले १ स्थानमा विजयी, २० ठाउँमा अग्रता र नेपाली कांग्रेसले अझैसम्म खाता खोलन सेकेको छैन भने ८ ठाउँमा अग्रता लिन सफल भएको छ । अन्यले २ विजय र ५ ठाउँमा अग्रता बनाएको छ ।
त्यसै गरी प्रदेशमासभा नेकप एमालेले ६ ठाउँमा विजय हासिल गरेको छ भने ३२ ठाउँमा अग्रता लिएको छ । माओवादी केन्द्र ३ ठाउँमा विजय हासिलसँगै २३ ठाउँमा अग्रता लिन सफल भएको छ ।
र नेपाली कांग्रेसले २ ठाउँमा विजयी गर्नुको साथै ८ ठाउँमा अग्रता लिएको छ । त्यसै अन्यले १ ठाउँमा विजयी र ५ ठाउँमा अग्रता लिएको छ ।
अहिलेसम्मको मत परणामलाई हेर्दा बमगठबन्धको अगाडि लोकतान्त्रिक गठबन्धनको कन्तविजोग देखिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस