Like us!
Follow us!
Connect us!
Watch us!

करण जोहरलाई छोरा छोरीको प्रश्न- हाम्री आमा को हुन् ?

अर्थ संसार

मंगलबार, २५ असार २०८१, ०८ : २७ मा प्रकाशित

करण जोहरलाई छोरा छोरीको प्रश्न- हाम्री आमा को हुन् ?

बलिउड फिल्म निर्माता करण जोहर एकल अभिभावक हुन् । २०१७ मा, उनी सरोगेसी मार्फत दुई जुम्ल्याहा बच्चाको बुबा बने । उनीहरुको नाम यश र रुही हो । हालै एक अन्तर्वार्तामा करणले दुवै बच्चालाई एक्लै हुर्काउने विषयमा चर्चा गरेका थिए । उनले एक्लो अभिभावक बन्न सजिलो नभएको बताए ।

करणले भने, 'बच्चाहरूले सोध्छन् हाम्रो आमा को हो ?' अहिले बच्चाहरूले आमाको नाम सोध्ने गरेको करणले बताए ।

करणले भने, ‘हामी आधुनिक परिवार हौं । कतिपय अनौठो परिस्थितिहरु यस्ता हुन्छन् जसरी बच्चाहरुले सोध्छन्– हामी कसको कोखबाट जन्मेका हौँ । आमा हाम्रो वास्तविक आमा होइन, उहाँ हजुरआमा हुनुहुन्छ । म यस अवस्थाको सामना गर्ने उपाय खोज्न एक सल्लाहकारमा जाँदैछु । यो कत्ति पनि सजिलो छैन, अभिभावकत्व सबै सजिलो छैन । 

करणले पनि आफ्ना छोराछोरीलाई कुनै पनि कुरामा बाधा पुर्‍याउन डराएको बताए । करणले भने, ‘जब म मेरो छोराले धेरै चिनीले बनेको चीज खाइरहेको देख्छु, म उसको बढ्दो तौलको चिन्ता गर्छु । म उसलाई केहि भन्न सक्दिन किनकि यो बच्चाहरूको उमेर हो जब उनीहरूले खुलेर जीवनको आनन्द लिन सक्छन् । कयौं पटक मैले उसलाई बाधा पनि दिएँ तर पछि नराम्रो लाग्यो र म उसँग माफी माग्छु । म उसलाई खुशी देख्न चाहन्छु । म चाहन्छु कि मेरो छोरा र छोरीले भविष्यमा आफ्नो निर्णय आफै लिउन ।'

करण जोहर सन् २०१७ मा सरोगेसी मार्फत जुम्ल्याहा सन्तानको एक्लो पिता बनेका थिए । ४० वर्षको उमेरमा फिल्म निर्माताले आफ्नी आमालाई आफू विवाह गर्न नचाहेको तर बाबु बन्न चाहन्छु भनेका थिए । यसपछि यश र रुहीको जन्म सरोगेसीबाट भएको थियो । करणकी आमाले उनलाई छोराछोरी हुर्काउन सहयोग गर्छिन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको