Like us!
Follow us!
Connect us!
Watch us!

प्रचण्डका पक्षमा मत दिन माओवादीको ह्वीप

अर्थ संसार

बुधबार, २६ असार २०८१, १६ : ३९ मा प्रकाशित

प्रचण्डका पक्षमा मत दिन माओवादीको ह्वीप

नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिन पार्टीका सांसदहरूलाई ह्वीप जारी गर्ने निर्णय गरेको छ। बुधबार सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो।

प्रधानमन्त्री प्रचण्डले असार २८ गते पाँचौं पटक विश्वासको मत लिँदै छन्। त्यसका लागि अन्य दलसँग पनि मत माग्ने निर्णय भएको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिएका छन् ।

पाण्डेले संविधान अनुसार प्रधानमन्त्रीले विश्वासको मत लिने र त्यसपछि आएको परिणामलाई स्वीकार गर्दै संविधान रक्षाका लागि पार्टी लड्ने समेत जानकारी दिए।

बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले सत्ता समीकरण परिवर्तनका लागि भएका राजनीतिक घटनाक्रमहरूबारेमा ब्रिफिङ समेत गरेका थिए।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको