Like us!
Follow us!
Connect us!
Watch us!

नैतिक संकटमा शेरबहादुर देउवाको सभापति पद !

शुक्रबार, २२ मंसिर २०७४, १७ : ५२ मा प्रकाशित

नैतिक संकटमा शेरबहादुर देउवाको सभापति पद !

काठमाडौँ निर्वाचन २०७४ प्रि–पोलले त नेपाली कांग्रेसलाई भित्तामै पुर्याएको देखायो। फेरि पनि मै  प्रधानमन्त्री भन्नेहरुको हालत अहिले कस्तो होला त ? एमाले प्रि–पोल यस्तो घोषणा गर्दा छ।  

एमाले प्रत्यक्ष ७१ं समानुपातिक  ४२ . जम्मा १२३, नेपाली काङ्ग्रेस प्रत्यक्ष ३३, समानुपातिक  २३ जम्मा ६४ र माओवादी केन्द्र  प्रत्यक्ष २९  समानुपातिक २३ जम्मा ५२ र   अन्यको प्रत्यक्ष २२ र समानुपातिक१४ . ३६ देखाएको छ।  २ दिन अघिसम्म नेपाली कांग्रेसको बहुमत आउछ भनेर कुर्लिने कांग्रेसका सभापति शेरबहादुर देउवा र बालकृष्ण खाणले अब के भन्ने हुन् ?

नैतिक  संकटमा शेरबहादुर !
कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रधानमन्त्री पद त अब सदाका लागि खुस्कियो १ कांग्रेसको  सभापति पद पनि अब शेरबहादुर देउवाका लागि सदाका लागि अन्त्य हुने अवस्था आउने संकेत देखा पर्दैछ। सत्तामा बसेर साधन स्रोत  र पदको दुरुपयोग गर्दा पनि नेपाली कांग्रेसलाई रसातलमा पुर्याउने सभापति देउवाले नैतिकताको आधारमा  राजिनामा नदिए महासमितिले घोक्रेठ्याक लगाउने तयारीको चर्चा सुरु भएको काङ्ग्रेस स्रोत बताउछ।   

वरिष्ठ पत्रकारले मागे देउवाको राजिनामा  

वरिष्ठ पत्रकार, राजनीति विश्लेषक तथा  नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि देवप्रकाश त्रिपाठीले २०७४ मङ्सिर २२ गते बिहानै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको राजिनामा माग्दै फेसबुक स्टाटसमा लेखेका छन्। निर्वाचन परिणाम जसरी आउदैछ यो अस्वाभाविक होइन अपेक्षित हो, आफ्नो छोडी अर्काको एजेन्डा बोकेर चुनावमा जानेले विजयको आशा राख्नु उपयुक्त थिएन।

काङ्ग्रेस को पराजयका निम्ति उक्त पार्टी का सभापति शेर बहादुर देउवाले नैतिक जिम्मेवारी लिदै तत्काल पदबाट राजिनामा दिई नयाँ  र सशक्त टीमलाइ पार्टी सन्चालनको जिम्मेवारी सुम्पनु पर्दछ। यो नै उहाँले पुर्याएको ठूलो योगदान मानिनेछ। र, काङ्ग्रेस अब बीपीको मार्गमा फर्कनुको बिकल्प देखिदैन।

वरिष्ठ पत्रकार, राजनीति विश्लेषक तथा  नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि देवप्रकाश त्रिपाठीले विपी मार्ग भनेको हिन्दू राष्ट्र र संबैधानिक राजतन्त्रसहितको बहुदलीय व्यवस्था भन्ने हो।   नेपाली कांग्रेसले यो विकल्प रोजेमा ऊ ब्यूँतिन सक्ने सम्भावना रहन्छ।  साँघुबाट

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको