Like us!
Follow us!
Connect us!
Watch us!

दोव्बर मतले प्रचण्ड अगाडि

शनिबार, २३ मंसिर २०७४, १३ : २९ मा प्रकाशित

दोव्बर मतले प्रचण्ड अगाडि

अर्थ संसार, चितवन– चितवन क्षेत्र नं ३ मा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको अग्रता कायमै रहेको छ ।

सो क्षेत्रमा आठ हजार ८५ मतगणना गर्दा दाहालले चार हजार ६२७ मत प्राप्त गर्नुभएको छ । उहाँको प्रतिद्वन्द्वी विक्रम पाण्डेले दुई हजार ८७७ मत प्राप्त गर्नुभएको छ ।

पाण्डे भन्दा दाहालले एक हजार ७५० मत बढी ल्याउनुभएको छ । सो क्षेत्रमा एक लाख २५ हजार ८१८ मतदाता रहेकोमा ९३ हजार ८२६ मत खसेको थियो ।

यसैगरी क्षेत्र नं २ मा ६ हजार ३८८ मतगणना गर्दा नेकपा (एमाले)का कृष्णभक्त पोखरेलले तीन हजार ९९३ र नेकाका शेषनाथ अधिकारीले एक हजार ९३५ मत प्राप्त गर्नुभएको छ । क्षेत्र नं २ मा एक लाख आठ हजार २१९ मतदाता रहेकोमा ७७ हजार ४७६ मत खसेको थियो ।

क्षेत्र नं १ मा सात हजार ७७४ मतगणना हुँदा नेकपा (एमाले) का सुरेन्द्र पाण्डेले चार हजार ५३९ र काँग्रेसका राजेन्द्र बुर्लाकोटीले दुई हजार ८९४ मत प्राप्त गर्नुभएको छ । यस क्षेत्रमा एक लाख २५ हजार ८२३ मतदाता रहेकोमा ९३ हजार ८२६ मत खसेको थियो ।

जिल्लामा कुल मतदाता सङ्ख्या तीन लाख ५४ हजार ३६ रहेको छ । समग्रमा जिल्लामा ७३ दशमलव ६२ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरि ढकालले जानकारी दिनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको