अर्थ संसार, दमौली, तनहुँ– प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मतगणना तनहुँमा तीव्र पारिएको छ ।
तनहुँको क्षेत्र नं १ र २ मा शुरुदेखि नै प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका उम्मेदवारले अग्रता लिइरहेका छन् ।
अहिलेसम्मको मतगणनाअनुसार तनहुँको क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यमा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १० हजार ३२६ र एमालेका उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान) १२ हजार २७३ मत प्राप्त गरेका गर्नु भएको छ ।
त्यस्तै सोही क्षेत्रबाट प्रदेशसभा १ को सदस्यमा काँग्रेसका गोविन्द भट्टराईले चार हजार ८९१ र एमालेका उम्मेदवार रामबहादुर गुरुङले पाँच हजार ६३३ र प्रदेशसभा दुईको सदस्यमा काँग्रेसका उम्मेदवार रघुनाथ पौडेलले पाँच हजार २७९ र नेकपा (माओवादी केन्द्र) का उम्मेदवार हरिबहादुर चुमानले ६ हजार २६० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यस्तै तनहुँ क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा काँग्रेसका शंकर भण्डारीले ११ हजार एक सय ४, एमालेका केदार सिग्देलले १२ हजार १९१ मत पाउनु भएको छ । प्रदेशसभा १ को सदस्यमा काँग्रेसका प्रदीप पौडेलले चार हजार ३५ र माओवादी केन्द्रकी आशा कोइरालाले चार हजार २९२ तथा प्रदेशसभा २ को सदस्यमा काँग्रेसका धुव्र वाग्लेले चार हजार १२ र एमालेका किरण गुरुङले तीन हजार ४५७ मत पाएको बताइएको छ ।
सिसी टिभीको निगरानीमा कडा सुरक्षा घेराभित्र दुईवटै क्षेत्रको मतगणना कार्य भइरहेको सहायक निर्वाचन अधिकृत विश्वनाथ अर्यालले बताउनुभयो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस