Like us!
Follow us!
Connect us!
Watch us!

झापाको ताजा मत परिणाम : ओलीले १७ हजार ल्याउँदा खगेन्द्रको ७ हजार

शनिबार, २३ मंसिर २०७४, १५ : ३३ मा प्रकाशित

झापाको ताजा मत परिणाम : ओलीले १७ हजार ल्याउँदा खगेन्द्रको ७ हजार

अर्थ संसार, भद्रपुर– झापाको पछिल्लो मत परिणामअनुसार वाम गठबन्धनले अग्रता लिइरहेको छ ।

पछिल्लो परिणामअनुसार झापाको निर्वाचन क्षेत्र नं १ मा वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार रहनुभएका सुरेन्द्रकुमार कार्कीले १४ हजार ७७४ मत तथा नेपाली काँग्रेसका विश्वप्रकाश शर्माले १३ हजार ९४९ मत प्राप्त गर्नुभएको छ ।

निर्वाचन क्षेत्र नं २ मा वाम गठबन्धनका उम्मेदवार पवित्रा निरौला (खरेल) ले १५ हजार ८०४ तथा नेकाका उद्धव थापाले १२ हजार १६६ मत प्राप्त गर्नुभएको छ ।

क्षेत्र नं ३ मा वाम गठबन्धनका राप्रपा महामन्त्री राजेन्द्रकुमार लिङदेनले १५ हजार हजार ६९० तथा नेकाका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले ११ हजार ४८ मत पाउनुभएको छ ।

यसैगरी, क्षेत्र नं ४ मा वाम गठबन्धनका एल पी सावाले २१ हजार ४४० र नेकाका देउमान थेवेले १३ हजार ६४९ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

क्षेत्र नं ५ मा वाम गठबन्धनका उम्मेदवार नेकपा (एमाले) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले १७ हजार ५४ र नेकाका डा खगेन्द्र अधिकारीले सात हजार हजार ७६३ मत प्राप्त गर्नुभएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको