Like us!
Follow us!
Connect us!
Watch us!

ललितपुर महानगरले संकलन गर्‍यो लक्ष्यभन्दा बढी राजस्व

अर्थ संसार

बुधबार, ०२ साउन २०८१, १३ : १५ मा प्रकाशित

ललितपुर महानगरले संकलन गर्‍यो लक्ष्यभन्दा बढी राजस्व

ललितपुर महानगरपालिकाले गत आर्थिक वर्ष ०८०/८१ मा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ। महानगरको राजस्व महाशाखाका प्रमुख प्रेमबहादुर थापाका अनुसार आव ०८०/८१ मा महानगरको वार्षिक लक्ष्यभन्दा ६ प्रतिशत बढी राजस्व संकलन भएको हो।

‘सम्पन्न आर्थिक वर्षको वार्षिक लक्ष्यअनुसार २ अर्ब ४० करोड राजस्व संकलन हुन्छ भन्ने थियो, लक्ष्यभन्दा बढी राजस्व संकलन गर्न महानगर सफल भएको छ। राजस्व प्रणालीमा भएको तथ्यांकअनुसार  २ अर्ब ५५ करोड ४१ लाख ३४ हजार राजस्व संकलन भइसकेको देखिएको छ, राजस्व संकलनको तथ्यांक अद्यावधिक भइरहेको र अन्तिम तथ्यांक आइनसकेको छैन,’ थापाले भने।

त्यस्तै, गत आवमा महानगरले ८१.२२  प्रतिशत पुँजीगत खर्च गर्न सफल भएको आर्थिक प्रशासन महाशाखा प्रमुख विदुरकुमार धिमालले जानकारी दिए।

‘गत आर्थिक वर्षको बजेटअनुसार पुँजीगत खर्चतर्फ ४ अर्ब २१ लाख ४६ हजार विनियोजित थियो, सोअनुसार ३ अर्ब २५ करोड ८ लाख ८८ हजार खर्च भएको छ,’ धिमालले भने।

राजस्व संकलन र पुँजीगत खर्चमा उल्लेख्य सफलता हासिल गरेको महानगर आव ०८०/८१ मा बेरुजु रकमलाई ०.४६ प्रतिशतमा झार्न सफल भएको छ। समीक्षा अवधिमा महानगरले ५८ करोडभन्दा बढी पुरानो बेरुजु फर्स्याेट गरेको धिमालले जानकारी दिए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको