Like us!
Follow us!
Connect us!
Watch us!

३६ प्रतिशतले बढ्यो आरएसडिसी लघुवित्तको नाफा , वितरणयोग्य नाफा ६ करोड ७६ लाख

अर्थ संसार

विहीबार, ०३ साउन २०८१, १० : ३४ मा प्रकाशित

३६ प्रतिशतले बढ्यो आरएसडिसी लघुवित्तको नाफा , वितरणयोग्य नाफा ६ करोड ७६ लाख

आरएसडिसी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८०/८१ को चौंथो त्रैमासको गरेको छ । चौंथो त्रैमासको  वित्तीय विवरण सार्वजनिक गर्ने आरएसडिसी लघुवित्त संस्था पहिलो बनेको हो  ।

खुद नाफा 

चौंथो त्रैमासमा लघुवित्तको खुद नाफा ३६.४७ प्रतिशत बढेर १४ करोड ६६ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले १० करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

खुद ब्याज आम्दानी

गत असारसम्म लघुवित्तको खुद ब्याज आम्दानी १५.२२ प्रतिशत घटेर २४ करोड ४७ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा लघुवित्तले २८ करोड ८६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

खुद फि तथा कमिशन आम्दानी

१२ महिनाको अवधिमा लघुवित्तको खुद फि तथा कमिशन आम्दानी ४७.९४ प्रतिशत घटेर १ करोड ३६ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी १७.०६ प्रतिशत घटेर २६ करोड ३ लाख रुपैयाँ छ ।

सञ्चालन नाफा

लघुवित्तको सञ्चालन नाफा ३५.१२ प्रतिशत बढेर २० करोड ९४ लाख रुपैयाँ गरेको छ । लघुवित्तको वितरणयोग्य मुनाफा ६ करोड ७६ लाख रुपैयाँ रहेको छ ।

चुक्ता पुँजी 

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पुँजी ८.६ प्रतिशत बढेर ९४ करोड ४३ लाख रुपैयाँ र जगेडा कोष १५.४७ प्रतिशत बढेर २ करोड ३२ लाख रुपैयाँ छ । यस अवधिमा लघुवित्तले ५ अर्ब ३५ करोड रुपैयाँ सापटी लिएर ६ अर्ब २७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

प्रतिसेयर आम्दानी /प्रतिसेयर नेटवर्थ

लघुवित्तको नाफासँगै प्रतिसेयर आम्दानी ३.१७ रुपैयाँ बढेर १५.५३ रुपैयाँ पुगेको छ । लघुवित्तको मूल्य आम्दानी अनुपात ४४.५६ गुणा छ भने प्रतिसेयर नेटवर्थ १२४.५० रुपैयाँ छ ।

खराब कर्जा 

लघुवित्तको खराब कर्जा १.४० प्रतिशत रहेकोमा बढेर ३.३१ प्रतिशत पुगेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको