आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहतर्फको सेयर सर्वसाधारणमा बिक्री गर्ने भएको छ । कम्पनीका संस्थापक सेयरधनी भुपेन्द्र ज्ञवालीले आफ्नो नाममा रहेको ४ हजार ४९० कित्ता सेयर बिक्री गर्न लागेको हो ।
यसअघि संस्थाले उक्त सेयर विद्यमान संस्थापक सेयरधनीहरुलाई बिक्री गर्नको लागि ३५ दिने सूचना जारी गर्दा उक्त समयभित्र विद्यमान संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेले पुनः ७ दिने सूचना प्रकाशित गर्दै अन्य ब्यक्ति, संस्था तथा विद्यमान संस्थापक सेयरधनीहरुलाई बिक्री गर्न लागेको हो ।
उक्त सेयर खरिद गर्न चाहाने ईच्छुक अन्य कोही व्यक्ति तथा संस्था, कम्पनीहरुले सात दिनभित्र संस्थाको सेयर रजिष्ट्रार बिओके क्यापिटल, नारायणचौर नक्साल काठमाडौंमा दरखास्त दिन भनेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस