Like us!
Follow us!
Connect us!
Watch us!

सिमलताल दुर्घटना: अहिलेसम्म २० शव भेटिए, बसको खोजी जारी

अर्थ संसार

शुक्रबार, ०४ साउन २०८१, ०७ : ३२ मा प्रकाशित

सिमलताल दुर्घटना: अहिलेसम्म २० शव भेटिए, बसको खोजी जारी

सिमलताल पहिरोमा परेर त्रिशूलीमा हराइरहेको बसका थप एक यात्रुको शव फेला परेको छ ।

बिहीबार भरतपुर महानगरपालिका २६ शिशुवार क्षेत्रमा नारायणी नदीको किनारमा एक पुरुषको शव फेला परेको चितवन प्रहरीले जनाएको छ । शवको सनाखत हुन भने बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।

शव पोष्टमार्टमका लागि भरतपुर अस्पताल ल्याइएको छ । यससँगै अहिलेसम्म फेला परेको शवको संख्या २० पुगेको छ । 

जसमा १८ पुरुष र २ महिला रहेका छन् । अहिलेसम्म १४ जनाको सनाखत भएकोमा ४ जना भारतीय नागरिक रहेको जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ ।

काठमाडौँबाट गौरतर्फ गइरहेको बागमती प्रदेश०३–००१ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँतर्फ गइरहेको बागमती प्रदेश ०३–००६ख १५१६ नम्बरको बस गत शुक्रबार बिहानपख भरतपुर महानगरपालिका–२९ सिमलतालको पहिरोले बगाएर त्रिशूली नदीमा बेपत्ता भएका थिए । बसमा ६५ यात्रु रहेकोमा ३ जनाले सकुशल रहेका थिए ।

हालसम्म दुईवटै बस र ४२ यात्रुको अवस्था अज्ञात रहेको छ । त्रिशुलीमा बेपत्ता रहेका दुवै बसको नेपाली सेना र सशस्त्रका गोताखोरले खोजी रहेपनि अहिलेसम्म फेला पार्न सकिएको छैन ।

 

6699c5cc7679a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको