Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौं ७ मा एमालेका रामवीर मानन्धर विजयी

शनिबार, २३ मंसिर २०७४, २१ : ०० मा प्रकाशित

अर्थ संसार, काठमाडौं । स्थानीय चुनावमा एमालेसँग तालमेल गर्दा महानगरमा जित्न नसकेको राप्रपाले यसपालि काठमाडौं क्षेत्र नम्बर ७ मा कांग्रेससँग चुनावी तालमेल गरेको थियो ।

तर, सो क्षेत्रमा एमालेका रामवीर मानान्धरले जितेका छन् भने गाई चिन्हमा लडेका राप्रपाका विक्रम थापा पराजित भएका छन् ।

काठमाडौं क्षेत्र नम्बर ७ बाट नेकपा एमाले नेता मानन्धर दोस्रो पटक बिजयी भएका हुन् । शनिवार सम्पन्न मतगणना अनुसार एमालेका मानन्धरले राप्रपाका थापालाई ८ हजारको फराकिलो मतान्तरले पराजित गरेका हुन् ।

मानन्धर १८ हजार १०२ मतले बिजयी भएका छन् भने थापाले १० हजार ७९ मतमात्रै पाएका छन् । यस क्षेत्रमा विवेकशील साझा पार्टीकीका अनुपा श्रेष्ठ ५३७६ मत प्राप्त गरी तेस्रो स्थानमा पाएकी छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको