अर्थ संसार, तम्घास – गुल्मी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा एमाले सचिव गोकर्ण विष्ट विजयी भएका छन् ।
विष्टले कांग्रेस उम्मेदवार चन्द्रबहादुर केसीलाई १४ हजार ४६१ मत अन्तरले हराएका हुन् ।
विष्टले ३४ हजार ६१८ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी केसीले २० हजार १५७ मत पाएका छन् ।
क्षेत्रनम्बर २ अन्तर्गतका प्रदेशसभाका दुबै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् ।
क्षेत्र नम्बर २ (क) मा वाम गठबन्धनबाट एमालेका खड्ग केसी विजयी भए । केसीले नेपाली कांग्रेसका शालिकराम पन्थीलाई ४ हजार ४९२ मतअन्तरले पराजित गरेका छन् ।
एमाले उम्मेदवार केसीले १६ हजार एक सय ६५ र कांग्रेस उम्मेदवार पन्थीले ११ हजार ६ सय ७३ मत पाए ।
प्रदेशसभातर्फ क्षेत्र नम्बर २ (ख) पनि वाम गठबन्धबाट माओवादी उम्मेदवार दिनेश पन्थी विजयी भएका छन् ।
पन्थीले निकटतम प्रतिस्पर्धी कांग्रेसका छन्दबहादुर पहराई मगरलाई ८ हजार ३६ मत अन्तरले हराए । पन्थीले १७ हजार ६०१ र मगरले ९ हजार ५६४ मत पाएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस