Like us!
Follow us!
Connect us!
Watch us!

न्यूरोडकाे फुटपाथ विस्तारमा पुनः स्थानीयको अवरोध

अर्थ संसार

शुक्रबार, ०४ साउन २०८१, ११ : ३९ मा प्रकाशित

न्यूरोडकाे फुटपाथ विस्तारमा पुनः स्थानीयको अवरोध

काठमाडौं महानगरपालिकाले सुरु गरेको न्युरोडको फुटपाथ विस्तारलाई स्थानीयले अवरोध गरेका छन् । गत बुधबारदेखि पुनः सुरु गरिएको विस्तारको कामलाई स्थानीयले फेरि अवरोध गरेका हुन् ।

फुटपाथ विस्तारको विरोधमा सयौंको संख्यामा स्थानीय उत्रिएपछि सो क्षेत्रमा अहिले ठूलो संख्यामा नेपाल प्रहरी, नगरप्रहरी लगायत सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

यसअघि पाटन उच्च अदालतको आदेशपछि महानगरले बुधबार बिहानदेखि फुटपाथ विस्तारको काम अगाडी बढाएको थियो ।

त्यस्तै यसअघि फुटपाथ विस्तारको काममा डिभिजन सडक कार्यालय, काठमाडौंंले अवरोध गरेपछि रोकिएको थियो । सडकलाई पैदलयात्रीमैत्री बनाउन महानगरपालिकाले बोलपत्रमार्फत निर्माण पक्ष छनोट गरेर जेठ ११ गतेदेखि काम थालेको थियो । जेठ १२ गते डिभिजन सडक कार्यालय, काठमाडौंले भौतिक रुपमा हस्तक्षेप गरेको थियो । स्थानीयको अवरोधकै कारण स्थगित गरिएको फुटपाथ विस्तारको कार्यलाई उच्च अदालतले बाटो खोलिदिएपछि महानगरपालिकाले बुधबारदेखि पुनः काम सुरु गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको