काठमाडौँ महानगरपालिका र स्थानीयबीच न्यूरोडसहितका अन्य क्षेत्रमा मंसिर २ गतेसम्म फुटपाथ बिस्तार तथा निर्माणसम्बन्धी कुनै काम नगर्ने सहमति भएको छ ।
सहमतिअनुसार एक कार्यदलले अध्ययन गरेपछि मात्र फुटपाथ विस्तार गर्ने नगर्ने निर्णय गरिने भएको छ ।
सुमनराज भण्डारीको संयोजकत्वमा गठित कार्यदलमा २२, २३ र २४ नम्बर वडाका अध्यक्ष र २२ बाट विज्ञ साथै महानगर निर्माण विभागका प्रमुख सुरज शाक्य सदस्य सचिव रहेका छन् । काठमाडौं महानगरका मेयर बालेन शाहसहित बसेको वार्ता टोलीले सहमति गरेको हो ।
योसँगै पछिल्ला केहि दिनदेखि अशान्त बनेको न्यूरोड क्षेत्र अब शान्त हुने भएको छ । महानगरले न्यूरोड सडक साँघुरो बनाएर फुटपाथ विस्तारको काम अगाडी बढाएपछि वडा जनप्रतिनिधिसहित स्थानीयहरु विरोधमा उत्रिएका थिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस