अर्थ संसार, इलाम– प्रतिनिधिसभा इलाम क्षेत्र नं १ मा नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल ३६ हजार ८०७ मतसहित विजयी हुनुभएको छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका भूपेन्द्र कट्टेलले १९ हजार ६३७ मत प्राप्त गर्नुभयो ।
यसैगरी इलाम क्षेत्र नं २ मा पूर्वसभामुख तथा नेकपा एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले ३६ हजार ५१४ मतसहित विजयी हुनुभएको छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका केशव थापाले २६ हजार ८६० मत प्राप्त गर्नुभयो ।
यसैगरी प्रदेशसभा २ (ख) मा वाम गठबन्धनबाट नेकपा एमालेका काजीमान कागतेले १७ हजार ९८६ मत ल्याएर निर्वाचित हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दुर्गा बरालले १० हजार २१ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस