अर्थ संसार, रोल्पा, २४ मंसिर– रोल्पा जिल्लामा मंसिर १० गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको मतगणना सम्पन्न भएको छ ।
अन्तिम मत परिणामअनुसार प्रतिनिधिसभा र प्रदेशसभामा वाम गठबन्धनका उम्मेदवार विजयी हुनुभएको हो ।
प्रतिनिधिसभाका लागि नेकपा (माओवादी केन्द्र) का उम्मेदवार वर्षमान पुनले २७ हजार ९०७ मत ल्याई विजयी हुनुभएको छ । पुनका निकटतम प्रतिस्पर्र्धीका रुपमा रहनुभएका नेपाली काँग्रेसका उम्मेदवार अमरसिंह पुनले १४ हजार १०३ मत प्राप्त गर्नुभएको छ ।
यसैगरि प्रदेशसभा ९क० मा नेकपा माओवादीका कुलप्रसाद केसीले १७ हजार ७७६ मत प्राप्त गरी विजयी हुनुभएको छ । केसीका निकटतम प्रतिस्पर्धी रहनुभएका नेपाली काँग्रेसका शेरबहादुर महराले नौ हजार ६९० मत प्राप्त गर्नुभएको छ ।
प्रदेशसभा (ख) मा नेकपा माओवादी केन्द्रका दीपेन्द्र पुन मगरले २४ हजार ४९० मत प्राप्त गरी विजयी हुनुभएको छ । पुनका निकटतम प्रतिस्पर्धी रहेका नेपाली काँग्रेसका खगेन्द्र प्रकाश हमालले नौ हजार ९६९ मत प्राप्त गर्नुभएको थियो । एक लाख २७ हजार ६२९ मतदाता रहेको रोल्पामा ७० हजार ७७६ मत खसेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस