अर्थ संसार, चितवन– चितवन क्षेत्र नं ३ मा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको अग्रता कायमै रहेको छ ।
आज बिहानसम्म २५ हजार ६८३ मत गणना गर्दा दाहालले १४ हजार ५८९ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिद्वन्द्वी विक्रम पाण्डेले १० हजार २४० मत प्राप्त गर्नुभएको छ । सो क्षेत्रमा एक लाख २५ हजार ८१८ मतदाता रहेकामा ९३ हजार ८२६ मत खसेको छ ।
यसैगरी क्षेत्र नं २ मा नेकपा ९एमाले०का कृष्णभक्त पोखरेलले १४ हजार ४४७ मत र नेपाली काँग्रेसका शेषनाथ अधिकारीले आठ हजार ९९२ मत प्राप्त गर्नुभएको छ । क्षेत्र नं २ मा १ लाख आठ हजार २१९ मतदाता रहेकामा ७७ हजार ४७६ मत खसेको छ ।
क्षेत्र नं १ मा नेकपा एमालेका सुरेन्द्र पाण्डेले ११ हजार १९५ र नेपाली काँग्रेसका राजेन्द्र बुर्लाकोटीले सात हजार ८८८ मत प्राप्त गर्नुभएको छ । यस क्षेत्रमा एक लाख २५ हजार ८२३ मतदाता रहेकामा ९३ हजार ८२६ मत खसेको थियो
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस