Like us!
Follow us!
Connect us!
Watch us!

माइक्रोसफ्ट डाउन- विश्वभरका ८५ लाख कम्प्युटरमा समस्या

अर्थ संसार

आइतबार, ०६ साउन २०८१, २१ : २१ मा प्रकाशित

माइक्रोसफ्ट डाउन- विश्वभरका ८५ लाख कम्प्युटरमा समस्या

सफ्टवेयर कम्पनी माइक्रोसफ्टले शुक्रबार आईटी सेवामा आएको अवरोधका कारण विश्वभरका ८५ लाख कम्प्युटरले काम नगरेको जनाएको छ ।

साइबर सेक्युरिटी सफ्टवेयर क्राउडस्ट्राइकको अपडेटपछि आएको यस त्रुटिको बारेमा अहिलेसम्म कुनै तथ्याङ्क सार्वजनिक गरिएको छैन ।

यो घटनालाई साइबर इतिहासकै सबैभन्दा नराम्रो घटना भनिएको छ । माइक्रोसफ्टले आफ्ना प्रयोगकर्ताहरूलाई यसबाट बाहिर निकाल्न मद्दत गरिरहेको छ ।

कम्पनीले एक ब्लग पोष्टमा भनेको छ, 'हामीले हाल ८५ लाख विन्डोज उपकरणहरू क्राउडस्ट्राइक अपडेटबाट प्रभावित भएको अनुमान गरेका छौं ।'

यस पोस्टमा, कम्पनीका उपाध्यक्ष डेभिड वेस्टनले भनेका छन्, यो संख्या विश्वभरका विन्डोज मेसिनको एक प्रतिशत भन्दा कम छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको