Like us!
Follow us!
Connect us!
Watch us!

फिल्म ब्याड न्यूजको बक्स अफिसमा गुड न्यूज !

अर्थ संसार

आइतबार, ०६ साउन २०८१, २१ : २९ मा प्रकाशित

फिल्म ब्याड न्यूजको बक्स अफिसमा गुड न्यूज !

बलिवुड फिल्म ब्याड न्यूजले बक्स अफिसमा भने सुखद न्यूज पाएको छ ।

शुक्रबार रिलिज भएको विक्की कौशल, तृप्ति डिमरी र अमी विर्क अभिनित ब्याड न्यूजले भारतीय बक्स अफिसमा सुखद शुरुवात गरेको छ ।

शुक्रबार ८.६२ करोडको कमाई गरेको यस फिल्मले शनिबार १०.५५ करोड कमाई गरेको छ । दुई दिनमा फिल्मले १९.१७ करोड कमाई गरेको फिल्म विश्लेषक तरण आदर्शले जानकारी दिएका छन् ।

यस फिल्मलाई आनन्द तिवारीले निर्देशन गरेका हुन् । फिल्ममा विक्की, तृप्ति र अमीका अलावा फातिमा साना सेख, सान्या मल्होत्रा, नेहा धुपियालगायतको पनि अभिनय रहेको छ । फिल्मलाई करण जोहरले निर्माण गरेका हुन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको