Like us!
Follow us!
Connect us!
Watch us!

नागरिक लगानी कोषको संस्थापक सेयर बेच्दै एनआईसी एशिया बैंक

अर्थ संसार

सोमबार, ०७ साउन २०८१, ०९ : ०९ मा प्रकाशित

नागरिक लगानी कोषको संस्थापक सेयर बेच्दै एनआईसी एशिया बैंक

एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोष(सीआईटी)को संस्थापक सेयर लिलामी मार्फत बिक्रीमा ल्याएको छ । 

बैंकले आजदेखि  बैंकले आफ्नो स्वामित्वको ५० हजार कित्ता सेयर बिक्रीमा राखेको हो ।  तर यस सेयर बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले मात्रै किन्न पाउनेछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ७०७ रुपैयाँ तोकिएको छ । 

इच्छुकले कम्तिमा पनि १० हजार र बढीमा १०० ले भाग जाने गरी सम्पूर्ण कित्ता खरीदका लागि साउन १४ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेस गर्न सक्नेछन्।

बोलपत्र आवेदन काठमाण्डौको बबरमहलस्थित सेयर बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटलको कार्यालय वा थापाथलीस्थित एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालयसँगै विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र सुर्खेत शाखा कार्यालयमा बुझाउन सकिनेछ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको