Like us!
Follow us!
Connect us!
Watch us!

रोहित र विराट बारे नयाँ प्रशिक्षक गौतम गम्भीरले के भने ?

अर्थ संसार

मंगलबार, ०८ साउन २०८१, ०७ : ०१ मा प्रकाशित

रोहित र विराट बारे नयाँ प्रशिक्षक गौतम गम्भीरले के भने ?

श्रीलंका भ्रमणअघि पत्रकार सम्मेलनमा भारतीय पुरुष क्रिकेट टोलीका नयाँ प्रशिक्षक गौतम गम्भीरले रोहित शर्मा र विराट कोहलीको भविष्यबारे टिप्पणी गरेका छन् ।

प्रशिक्षक बनेपछि पहिलो पटक पत्रकार सम्मेलनमा बोल्दै सोमबार  गौतम गम्भीरले दुवै क्रिकेटरले सन् २०२७ को विश्वकपसम्म आफ्नो फिटनेस कायम राख्न सक्ने बताएका छन् ।

उनले भने, ‘मलाई लाग्छ कि उनले टी–२० विश्वकप र ५० ओभरको विश्वकपमा के दिन सक्छन् भन्ने देखाएको छ । मलाई लाग्छ दुबैमा र विशेष गरी च्याम्पियन्स ट्रफी र अष्ट्रेलिया भ्रमणका लागि धेरै क्रिकेट बाँकी छ ।' उनले भने 'दुवै धेरै उत्प्रेरित छन् र २०२७ को विश्वकपसम्म आफ्नो फिटनेस कायम राख्न सक्छन् । यो उनको व्यक्तिगत निर्णय हो । म भन्न सक्दिन कि उनीहरुमा कति क्रिकेट बाँकी छ तर यो पूर्णतया उनमा निर्भर छ ।'

गम्भीरले विराट र रोहित अझै पनि विश्व स्तरका खेलाडी रहेको र कुनै पनि टोलीले सकेसम्म लामो समयसम्म उनीहरूलाई साथ दिन चाहने बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको