Like us!
Follow us!
Connect us!
Watch us!

गायक राहत फतेह खान भन्छन्- दुबईमा मेरो गिरफ्तारीको खबर झुटो हो

अर्थ संसार

मंगलबार, ०८ साउन २०८१, ०८ : ०९ मा प्रकाशित

गायक राहत फतेह खान भन्छन्- दुबईमा मेरो गिरफ्तारीको खबर झुटो हो

 पाकिस्तानी गायक राहत फतेह खानले दुबईमा आफु गिरफ्तार भएको खबर झुटो भएको दाबी गरेका छन् ।

राहतले सामाजिक सञ्जालमा एक भिडियो सेयर गर्दै आफु गिरफ्तार भएको झुटो खबर फैलाइएको भन्दै सो खबरमा विश्वास नगर्न आग्रह गरेका छन् । उनले भनेका छन्- मेरो अनुरोध छ, की यस्ता खबरमा विश्वास नगर्नु होला, म छिटै देश फर्किने छु । मैले सधै जस्तै मेरा उत्कृष्ट गीतले तपाईहरुको मनोरंजन गरिरहने छु ।'

यसअघि राहतका पुर्व प्रबन्धक सलमान अहमदको उजुरीमा दुबईमा प्रहरीले हिरासतमा लिएको बताइएको थियो । राहतको सलमानसँगको विवाद केहि बर्षदेखि नै चलिरहेको थियो ।

गायक राहत पटक पटक विवादमा आइरहन्छन् । यस अघि उनले एक व्यक्तिलाई जुत्ताले हानेको भिडियो भाइरल भएको थियो भने उनलाई २०१९ मा विदेशी मुद्रा स्मलिंग गरेको आरोप लागेको थियो ।

पाकिस्तानी गायक राहतले बलिवुडमा गाएका चर्चित गीतका लागि परिचित छन् ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको