Like us!
Follow us!
Connect us!
Watch us!

एकबर्षमा स्मार्टफोन आयातमा बाहिरियो २८ अर्ब ६६ करोड

अर्थ संसार

मंगलबार, ०८ साउन २०८१, १६ : ३३ मा प्रकाशित

एकबर्षमा स्मार्टफोन आयातमा बाहिरियो २८ अर्ब ६६ करोड

आर्थिक वर्ष २०८०/०८१ मा २८ अर्ब रुपैयाँ बराबरका १८ लाखभन्दा बढी स्मार्टफोन आयात भएको छ ।

एक वर्षको अवधिमा २८ अर्ब ६६ करोड ६२ लाख ३५ हजार रुपैयाँका १८ लाख ३९ हजार ३५ स्मार्टफोन आयात भएको हो ।  भन्सार विभागको तथ्यांकअनुसार यसबाट सरकारले पाँच अर्ब ३३ करोड ९३ लाख ९९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

यस्तै, सेलुलर नेटवर्क र वायरलेस नेटवर्कका लागि १७ लाख ५८ हजार ६९० टेलिफोनहरू आयात भएको छ । १४ अर्ब २९ करोड ८५ हजार रुपैयाँ बराबरका यी फोनबाट सरकारले दुई अर्ब ६६ करोड ३८२ रुपैयाँ राजस्व संकलन गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको