Like us!
Follow us!
Connect us!
Watch us!

एचसीसीएनको डीनमा चन्द्र ढकाल,आर्थिक कुटनीति प्रवद्र्धन उच्च प्राथमिकतामा

अर्थ संसार

बुधबार, ०९ साउन २०८१, ११ : १७ मा प्रकाशित

एचसीसीएनको डीनमा चन्द्र ढकाल,आर्थिक कुटनीति प्रवद्र्धन उच्च प्राथमिकतामा

नेपालमा कार्यरत अवैतनिक वाणिज्यदूतहरूको संस्था अनररी कन्लुलर कर्पस नेपाल (एचसीसीएन)ले मंगलबार १७औँ वार्षिक साधारण सभा तथा चार्टर डे सम्पन्न गरेको छ । 

साधारण सभाले एचसीसीएनको डीनमा चन्द्रप्रसाद ढकाल र भाइस डीनमा भोलाविक्रम थापालाई चयन गरेको छ । हाल ६२ सदस्य रहेको यो संस्थाले हरेक वर्ष नयाँ नेतृत्व चयन गर्दै आएको छ । 

कार्यक्रममा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै परराष्ट्रमन्त्री आरजु राणा देउवाले एचसीसीएनले विश्वका राष्ट्रसँग कूटनीतिक सम्बन्ध विस्तार गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताइन् । आर्थिक कूटनीतिको माध्यमबाट नेपालमा लगानी अभिवृद्धि गर्न सकिने तथा यसका लागि देशले वैदेशिक लगानीका लागि उपयुक्त वातावरण तयार गर्नुपर्ने उनको भनाइ थियो ।  

आफ्नो स्वागत मन्तव्यमा एचसीसीएनका निवर्तमान डिन विष्णुकुमार अग्रवालले अवैतनिक वाणिज्यदूतहरुले लगानी भित्र्याउने, पर्यटनको प्रवर्धन गर्ने लगायत द्विपक्षीय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान दिँदै आएको बताए ।

नेपाली विद्यार्थीलाई विदेशमा अध्ययन गर्न छात्रवृत्तिदेखि विदेशी राष्ट्रबाट मानवीय तथा विकास परियोजना भित्र्याउन समेत वाणिज्यदूतहरुले भूमिका खेलेको उनको भनाइ थियो । औपचारिक रूपमा सन् २००७ मा स्थापना भएको यो संस्थाका सदस्यले विश्वका ५ महादेशका ६२ देशलाई प्रतिनिधित्व गर्ने उनले जानकारी दिए । एचसीसीएनका नवनियुक्त डिन ढकालले एचसीसीएनले आर्थिक तथा सांस्कृतिक रूपमा नेपाललाई विश्व समुदायसँग जोड्दै आएको बताए । 

उनले परराष्ट्र मन्त्रालयसँगको सहकार्यमा आर्थिक कूटनीति मार्फत नयाँ अवसरलाई आत्मसाथ गर्न एचसीसीएन सधैँ तयार रहेको बताए ।नेपाल सरकारले वैदेशिक लगानी भित्र्याउने विषयसँग सम्बद्ध यसअघिका कानुन तथा नीतिहरूलाई सुधार गरेर लगानी मैत्री पारेको चर्चा गर्दै ढकालले एचसीसीएनले लगानी भित्र्याउन र देशको आर्थिक समृद्धिका लागि योगदान गर्ने बताए । उक्त कार्यक्रम परराष्ट्रमन्त्री राणाले एचसीसीएनको आधिकारिक वेबसाइट सार्वजनिक गरेका थिए । वेबसाइटमा नेपालमा कार्यरत अवैतनिक वाणिज्यदूतको कार्यालय सम्बन्धी जानकारी, संस्थाले विगत र हाल गरेका गतिविधि लगायतका सूचनाहरु राखिएको छ ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको