Like us!
Follow us!
Connect us!
Watch us!

लीलादेवी गड्तौला भइन् पहिलो महिला मुख्यसचिव

अर्थ संसार

विहीबार, १० साउन २०८१, १७ : ४० मा प्रकाशित

लीलादेवी गड्तौला भइन् पहिलो महिला मुख्यसचिव

सरकारले कायममुकायम मुख्यसचिव लिलादेवी गडतौलालाई मुख्यसचिव नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नियुक्त गरेसँगै गड्तौला पहिलो महिला मुख्य सचिव बनेकी छन् ।  

मुख्यसचिवको रुपमा पनि उनी जम्मा एक महिनाका लागि मात्रै मुख्यसचिवको पदमा रहनेछिन् । आगामी भदौ १४ गते गडतौला उमेर हदका कारण अनिवार्य अवकाशमा जाँदै छिन् ।

गडतौलालाई गत असार ३१ गते ओली नेतृत्वकै सरकारले कामु मुख्यसचिव बनाएको थियो । बैकुण्ठ अर्याल भ्रष्टाचार मुद्दामा निलम्बनमा परेपछि गडतौलालाई कामु मुख्यसचिव बनाइएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको