अर्थ संसार, नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष वामदेव गौतम पराजित भएका छन् ।
वर्दिया क्षेत्र नं. १ बाट गौतम कांग्रेसका संजयकुमार गौतमसँग पराजित भएका हुन् । ७५३ मतको अन्तरले उनी पराजित भएका हुन् ।
सिचाइँ मन्त्रीसमेत रहेका संजय गौतमले ४४ हजार ८२९ मत ल्याए विजयी भएका हुन् । वामदेवले ४४ हजार ७६ मत ल्याए ।
यो क्षेत्रमा नेकपा मालेका नरबहादुर बोहोराले २ हजार ३७२ मत ल्याएको छ ।
यस्तै संघीय समाजवादीका काशीमअली सिद्धिकीले ६९७, नयाँ शक्तिका केशवराज पौडेलले ५४४, एराप्रपा राषट्रवादीले २४९ मत ल्याएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस