Like us!
Follow us!
Connect us!
Watch us!

सल्यानमा वाम गठबन्धनको जित

सोमबार, २५ मंसिर २०७४, ०९ : ०० मा प्रकाशित

सल्यानमा वाम गठबन्धनको जित

अर्थ संसार, सल्यान– सल्यानमा वाम गठबन्धनका सबै उम्मेदवार विजयी भएका छन् ।

गठबन्धनका उम्मदेवारले प्रतिस्पर्धीलाई फराकिलो मत अन्तरले पछि पार्दै विजयी भएका हुन् ।

प्रतिनिधिसभाका लागि वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका टेकबहादुर बस्नेतले ४० हजार ८९७ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजेन्द्रबहादुर शाहले २९ हजार ७६७ मत प्राप्त गर्नुभएको छ । हाल बिना विभागीयमन्त्री समेत रहनुभएका बस्नेतले ह्याट्रिक गर्नुभएको छ ।

यस्तै प्रदेश (क) बाट नेकपा (एमाले) का उम्मेदवार गुलावजंग शाह १९ हजार ६५८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका एकराज डिसीले १० हजार ६१२ मत प्राप्त गर्नुभएको छ ।

प्रदेश (ख) बाट एमालेकै पोलिटब्यूरो सदस्य प्रकाश ज्वाला विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका डिल्लीराज रेग्मी हुनुहुन्थ्यो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको