Like us!
Follow us!
Connect us!
Watch us!

उपभोक्ता संरक्षण विभागद्धारा व्यापारिक प्रतिष्ठानलाई ३ करोड ७५ लाख जरिवाना

अर्थ संसार

सोमबार, १४ साउन २०८१, १७ : ०३ मा प्रकाशित

उपभोक्ता संरक्षण विभागद्धारा व्यापारिक प्रतिष्ठानलाई ३ करोड ७५ लाख जरिवाना

 वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक वर्षको अवधिमा ३७ व्यापारिक प्रतिष्ठानलाई ३ करोड ७५ लाख रुपैयाँ जरिवाना गराएको छ ।

विभागले अनुगमनको क्रममा कैफियत भेटिएका ३७ व्यापारिक प्रतिष्ठानलाई ३ करोड ७५ लाख ७८ हजार रुपैयाँ जरिवाना गराएको हो 

गत आर्थिक वर्षमा विभागले ४ हजार २ सय ६९ पटक अनुगमन गरेको थियो । अनुगमनका क्रममा १ करोड २६ लाख रुपैयाँ बराबरको गुणस्तरहीन र म्याद गुज्रिएका विभिन्न वस्तु जफत गरी नष्ट समेत गरिएको विभागले जनाएको छ ।

जरिवानातर्फ सबैभन्दा बढी खाद्य पदार्थ बिक्री गर्ने २३४ व्यापारिक प्रतिष्ठानलाई ८६ लाख १५ हजार रुपैयाँ जरिवाना गरिएको छ । यस्तै, १०१ रेडिमेड तथा थान कपडा पसललाई १९ लाख २२ हजार, अन्य पसललाई ४१ लाख ३५ हजार, किराना पसललाई १५ लाख ४५ हजार, होटेल तथा रेस्टररेन्टलाई ७३ लाख ९० हजार, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स पसललाई ८ लाख ६१ हजार, तरकारी पसललाई ५ लाख ३० हजार, मार्ट तथा मिनी मार्टलाई १५ लाख र फर्निचरलाई ४ लाख ७५ हजार रुपैयाँ जरिवाना गराइएको छ ।

यसैगरी हार्डवेयरलाई ७ लाख ४० हजार, मिठाइँ पसललाई ११ लाख ७० हजार, डेरी उद्योगलाइृ १५ लाख र मदिरा तथा सूर्तिजन्य पसललाई १४ लाख ५० हजार रुपैयाँ जरिवाना गराइएको विभागले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको