Like us!
Follow us!
Connect us!
Watch us!

विवाह गरेको ३ मिनेटमै भयो डिभोर्स !

अर्थ संसार

मंगलबार, १५ साउन २०८१, १३ : १२ मा प्रकाशित

विवाह गरेको ३ मिनेटमै भयो डिभोर्स !

पछिल्लो समय सामान्य मनमुटावले पनि पति-पत्नीबीच सम्बन्ध विच्छेद हुने क्रम बढ्दो छ। विवाहित जोडीबीच कयौंपटक झगडा हुने गरेको छ ।  यस्ता विवाद ठूला भएपछि विवाह लामो समयसम्म टिक्दैन । यसबाहेक धेरैले विवाह गरेको दशकौंपछि पनि एकैपटक यो बन्धन तोड्छन् । तर, कुनै जोडीले एकै दिनमै विवाह गरेर सम्बन्धविच्छेद गरेको तपाईंले कमै सुन्नु भएको होला । यसै क्रममा कुवेतमा अझ अचम्मलाग्दो गरी डिभोर्स भएको खबर यतिबेला भाइरल भइरहेको छ।

सार्वजनिक खबरअनुसार कुवेतमा एक जोडीले बिहे गरेको ३ मिनेटमै सम्बन्ध विच्छेद गरेको हो। सञ्चारमाध्यमका अनुसार अदालतमा कानुनी विवाह गरेर दुलहा-दुलही बाहिर निस्किन्छन्। त्यस क्रममा अचानक बेहुलीका खुट्टा लडखडाउँछन् र उनी लड्छिन्। तर उनलाई उठाउनुको साटो बेहुला रिसाउँछन् र हिँड्न नजानेको भनी उल्टै गाली गर्छन्-‘स्टुपिड’ भने !

त्यसपछि बेहुली रिसले आगो हुन्छिन् र तुरुन्त न्यायाधीशकहाँ गएर आफूहरूको बिहे तत्काल रद्द गरिदिन अनुरोध गर्छिन्। उनको अनुरोधअनुसार न्यायाधीशले पनि ३ मिनेटअघि मात्र कायम गरिएको बिहे रद्द गरिदिन्छन्। जसलाई कुवेतको इतिहासमै सबैभन्दा छोटो समयमा भएको सम्बन्ध विच्छेद मानिएको छ।

वास्तवमा यो घटना भएको चाहिँ सन् २०१९ मै रहेछ। तर त्यो विषय सामाजिक सञ्जालमा अहिले भाइरल भइरहेको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको