Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंक र र्याडिसन होटलबीच सम्झौता,बैंक ग्राहकलाई होटलमा छुट

अर्थ संसार

मंगलबार, १५ साउन २०८१, १६ : १३ मा प्रकाशित

प्रभु बैंक र र्याडिसन होटलबीच सम्झौता,बैंक ग्राहकलाई होटलमा छुट

प्रभु बैंक र र्याडिसन होटलबीच सम्झौता भएको छ । बैंकका कर्मचारी तथा ग्राहकहरुलाई लाजिम्पाट, काठमाण्डौंस्थित र्याडिसन होटलसँग होटलका विभिन्न सेवाहरुमा विशेष छुट दिने सम्झौता भएका हो ।

र्याडिसन होटल, काठमाडौं एक अन्तराष्ट्रिय होटल चेन अन्तर्गत बिगत दुई दशक भन्दा बढि समय देखि नेपालको पर्यटकिय तथा अतिथि सत्कार  सेवालाई निरन्तर रुपमा टेवा दिईरहेको एक अग्रणी पाँच तारे होटल हो ।

एक समारोहका बिच सम्पन्न सम्झौतामा प्रभु बैँकका तर्फबाट चिफ मार्केटिङ्ग अफिसर रबिन्द्र ढकाल र मार्केटिङ म्यानेजर सबिन राणा तथा र्याडिसन होटलका तर्फबाट निर्देशक केदार पाण्डे र लेखा नियन्त्रक लोकराज ढुङ्गानाले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार प्रभु बैंक लि.का कर्मचारी तथा ग्राहकवर्गहरुले बैंकसँगको आबद्धता प्रमाणका आधारमा होटलमा उपलब्ध विभिन्न सेवा तथा सुविधाहरु मध्ये खाना, पेस्ट्री सप,स्पाका साथै र्याडिसन होटल काठमाडौंले संचालन गरेका  विभिन्न रेस्टुरेन्टहरुबाट १० प्रतिशतदेखि २० प्रतिशतसम्म भुक्तानी छुट पाउनेछन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको