Like us!
Follow us!
Connect us!
Watch us!

पतञ्जलि आयुर्वेदलाई ४ करोड भारु जरिवाना

अर्थ संसार

मंगलबार, १५ साउन २०८१, १६ : ३६ मा प्रकाशित

पतञ्जलि आयुर्वेदलाई ४ करोड भारु जरिवाना

भारतको मुम्बई उच्च अदालतले पतञ्जलि आयुर्वेदलाई ४ करोड भारतीय रुपैयाँ जरिवाना तोकेको छ । अगस्त २०२३ मा दिइएको एक आदेशलाई अपहेलना गरेको ठहर गर्दै उच्च अदालतले उक्त जरिवाना तोकेको हो ।

यसअघि मंगलम अर्गेनिक्सले रिट दायर गर्दै कपुर उत्पादनमा पतञ्जलिले उसको ‘ट्रेडमार्क’ उल्लंघन गरेको आरोप लगाएको थियो। निवेदनको सुनुवाइ गर्दै उच्च अदालतले पतञ्जलिलाई कपुरका उत्पादनहरू बिक्री नगर्न आदेश दिएको थियो।

अदालतको फैसलापछि पनि पतञ्जलिले कपूर उत्पादन बिक्री जारी राखेको निवेदकले दाबी गरेका थिए । उक्त आदेश पालना नभएको ठहर गर्दै अदालतले उक्त जरिवाना ताेकेकाे बीबीसी हिन्दीले उल्लेख गरेको छ ।

यो जरिवाना रकम तिर्न पतञ्जलिलाई अदालतले दुई साताको समय दिएको छ । फैसला पालना गर्ने भन्दै पतञ्जलिले जुलाई २ मा अदालतमा माफी समेत मागेको थियो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको