सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले बचत परिचालनको निम्ति सहकारी नै आवश्यक नभएको बताएका छन् ।
मंगलबार समितिले सहकारी अभियान्ताहरुसँगको छलफलमा बोल्दै सभापति थापाले काठमाडौंको टोल–टोलमा बैंकका शाखा रहेकाले सहकारी आवश्यक नभएको बताएका हुन् । उनले १० लाख भन्दा बढी बचत र १० लाख बढी फिर्ता गर्न बैंकमा नपाइने व्यवस्था हुने अनि सहकारीहरुले पाइने विषय राम्रो नभएको बताए । सुशासनको सन्दर्भमा सबै सहकारी अभियान्ताहरुले बचाएर ल्याएको सहकारी केही ठगीहरुले बिगारेको बताए । समितिले छानबिन गर्नु पर्ने २९ वटा सहकारीमा १२ वटा एउटै मानिसको भेटिएको जानकारी दिए ।
‘काठमाडौंका टोलटोलमा बैंक छन् । सहकारी किन चाहियो ? ठग्न ।सहकारीमा १४ करोडसम्म बचत गर्छ भने त्यो कानून विपरित हो । १० लाख भन्दा बढी बचत, १० लाख बढी बचत र फिर्ता गर्न पाइदैन’, उनले भने ।
उनले १२ वटासम्म एउटै मानिसको नाममा सहकारी दर्ता गरिनु खोजिको विषय भएको जानकारी दिए । सहकारीमा देखिएको अहिलेको गम्भिर समस्या सहकारी अभियन्ताहरुको पनि असफलता भएको बताए । उनले राष्ट्र बैंकसँग जोडिएका र निश्चित सुशासनमा चलेका सहकारीहरुको आर्थिक अवस्था राम्रो रहेको बताए । अहिलेसम्म समितिमा गरेका छलफल र अन्तरक्रियाले बचत तथा ऋण सहकारी धेरै भएको जानकारी दिए ।
सभापति थापाले देशले धान्न नसक्ने गरी बचत तथा ऋण सहकारी रहेको बताए । उनले सहकारी वास्तवमा छरिएर रहेको सानो पुँजी संकलन गरेर उत्पादन केन्द्रित हुने कुरामा ध्यान नदिँदा समस्या आएको बताए । सानो पुँजी संकलन गरेर उत्पादन केन्द्रित भए मात्रै पनि देशको आवश्यकता सम्बोधन हुने बताए । बचत परिचालनको निम्ति सहकारी नै नचाहिने भन्दै सरकारले २०७७/०८७ अगाडि नै ७५३ पालिकामा बैंकहरुका एउटा शाखा पुर्याउनुपर्छ भन्ने नीति अनुसार बैंकहरुको पहुँच बढाइएको जानकारी दिए ।
यस्तै, उनले काठमाडौंका टोलटोलमा बैंकका शाखा रहेकाले बचतकर्ता ठगी गर्ने सहकारी आवश्यकता नभएको बताए । सबैभन्दा ठगी गर्ने र सहकारीको बर्खिलापमा चल्ने सहकारी काठमाडौं शहरमा भेटिएको बताए । सहकारीमा १४ करोडसम्म बचत गर्ने गरेको पाइएको भन्दै १४ करोडसम्म सहकारीमा बचत गर्नु गैरकानूनी भएको जानकारी दिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस