Like us!
Follow us!
Connect us!
Watch us!

४ करोड खर्चेर जुम्लामा खानेपानी आयोजना बनाइँदै

अर्थ संसार

विहीबार, १७ साउन २०८१, १२ : २१ मा प्रकाशित

४ करोड खर्चेर जुम्लामा खानेपानी आयोजना बनाइँदै

 तिला गाउँपालिका–१ रारागाउँमा ४ करोड रुपैयाँको लागतमा खानेपानी आयोजना निर्माण गरिने भएको छ । गत आर्थिक वर्षमा पालिकाले ६ करोडको ठेक्का आह्वान गरेकामा ४ करोड रुपैयाँमा निर्माण कम्पनी शिवदेउती सुलोचना बजु जेभीसँग सम्झौता भएको छ ।

गाउँपालिका प्रविधिक शाखाका प्रमुख धनप्रसाद चौलागाईंका अनुसार तीन वर्षभित्रमा आयोजना पूरा गर्नुपर्नेछ । पहिलो चरणमा आयोजनाका निम्ति आवश्यक पर्ने सामग्री खरिद गर्न सुरु भएको छ । आयोजनाका लागि संघीय सरकारबाट विशेष अनुदानअन्तर्गत १ करोड ५० लाख रुपैयाँ प्राप्त भएको थियो ।

आयोजनाका लागि संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) बाट ९५ लाख र पालिकाले १ करोड १० लाख रुपैयाँ व्यहोर्नेछ ।गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाका अनुसार आयोजना पूरा भएपछि तिलाका २ सय ६० परिवार लाभान्वित हुनेछन् । तिला–६ बाट रारागाउँ मुहानसम्म १५ किलोमिटर लामो संरचना निर्माण गर्नु पर्नेछ ।

यसैबीच, कनकासुन्दरी गाउँपालिका–४ स्थित भैसेडी भएर बग्ने हिमा नदीमा पक्की पुल निर्माण भएको छ । पुल निर्माणसँगै यातायातका साधन पनि सञ्चालनमा आएका छन् । पूर्वाधार विकास कार्यालयले उक्त पुल मूल्यअभिवृद्धि करसहित रु चार करोड ३२ लाख ६३ हजारमा निर्माण गरेको हो । यो पुल ३० मिटर लामो छ ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको