सहकारी पीडितहरुले आज काठमाडौंमा मुखमा टेप लगाएर प्रदर्शन गरेका छन् ।
पीडितका समस्या समाधान गर्न पटक–पटक सहमति भएको भएपनि कार्यान्वयन नगरेको भन्दै पीडितहरूले बिहीवार रत्नपार्क क्षेत्रमा प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागी पीडितहरूले मुखमा मास्क र कालो टेप लगाएर विरोध जनाएका छन् सरकारसँग भएको सम्झौता कार्यान्वयनका लागि बारम्बार आन्दोलन गर्दै आएका छन् ।
सरकार संवेदनशील नभएको उनीहरूको भनाइ छ । उनीहरूले सहकारीको पैसा फिर्ता गर, घरमा पैसा राख्ने ठाउँ नभएर सहकारीमा राखेको हैन, हामीसँग कर लिने, हाम्रो बचतको सुरक्षा खोइ ? लगायतका नारा लगाइ प्रदर्शन गरेका हुन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस