Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स अन्तर्राष्ट्रिय प्रदर्शनी हुँदै

अर्थ संसार

शुक्रबार, १८ साउन २०८१, १३ : ५९ मा प्रकाशित

नेपाल इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स अन्तर्राष्ट्रिय प्रदर्शनी हुँदै

काठमाडौंको भृकुटीमण्डमा तेस्रो नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक तथा नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एंड होम अपलायनसेस अन्तराष्ट्रिय प्रदर्शनी आयोजना हुने भएको छ।

मीडिया स्पेस सोलुसनस, फ्युचरेक्स ट्रेड फेर एण्ड इवेंट्स तथा एक्जीबीसन एंड ट्रेड सर्विसेस इंडिया प्रा.लि को सयुक्त आयोजनामा आउँदो भदौ २१, २२ र २३ गते उक्त प्रदर्शनी गर्न लागिएको हो । तेस्रो पटक आयोजना हुन गइरहेकोे प्रर्दशनीमा स्वदेशी तथा विदेशी कम्पनीहरुका १५० भन्दा बढी स्टलहरु रहने छन् । यस प्रदर्शनीमा उच्च गुणस्तरका अत्याधुनिक एवं नवीनतम् प्रविधिका ट्रान्समिसन तथा डिष्ट्रिव्यूसन सामाग्री, उर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ सामाग्री, वायर, केबुल एवं कण्डक्टर, अत्याधुनिक प्रकारका स्वीचहरू, एलइडी लाइटिङ, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरणहरू, चारजिङ्ग स्टेशन, ब्याट्री, कार्यालय प्रविधि तथा अन्य विद्युतीय सामग्रीका कम्पनीहरूको सहभागिता रहने बताइएको छ। 

आयोजकका अनुसार आफ्नै मुलुकमा बढ्दो उत्पादित जल विद्युतको विभिन्न विद्युतीय माध्यमहरूबाट उपभोग बढाई देशलाई आर्थिक रुपमा सबलीकरण गर्दै लैजान एवं उर्जा तथा विद्युतीय व्यवसायीहरूको समग्र विकास तथा व्यापार प्रवर्द्धनमा अत्यधिक टेवा पुर्याउने उद्देश्यका साथ यस प्रदर्शनीको आयोजना हुने छ।

विद्युतीय उपकरणहरूलाई प्रबर्द्धन तथा प्रोत्साहन गर्ने, विद्युत् तथा गुणस्तरीय विद्युतीय सेवाग्राहीहरुको व्यवसाय विकास एवं यस क्षेत्रसँग आबद्ध आन्तरिक र अन्तराष्ट्रिय व्यापारको सहजीकरणका लागि प्रदर्शनी आयोजना गर्न लागिएको आयोजकले जनाएका छन्। 

नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एंड होम अपलायनसेस अन्तराष्ट्रिय प्रदर्शनी अन्तर्गत दशैंको अवसर पारेर ग्राहकहरूले विभिन्न कम्पनीका विद्धुतिय सामाग्रीहरू एकै ठाउँमा हेर्न तथा मन परेको सामान खरिद गर्न पाउने हुँदा यस प्रदर्शनीमा आउने व्यक्तिहरूले लाभ उठाउन सक्ने छन्। 

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय इलेक्ट्रीक, इलेक्ट्रोनिक्स, सञ्चार एवं सूचना प्रविधि तथा विद्युतीय एवं वैकल्पिक उर्जा उद्यमीहरूलाई एकै स्थानमा जमघट गराई व्यवसायीक प्रबर्द्धन गर्ने आयोजकको लक्ष्य छ।   

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको