Like us!
Follow us!
Connect us!
Watch us!

डा. बाबुरामको हैसियत स्वतन्त्र सांसद्मा सिमित

मंगलबार, २६ मंसिर २०७४, १६ : २२ मा प्रकाशित

डा. बाबुरामको हैसियत स्वतन्त्र सांसद्मा सिमित

अर्थ संसार, काठमाडौँ – ठूलो तामझका साथ स्थापना गरिएको नयाँ शक्ति पार्टीले संसद्मा स्वतन्त्रको हैसियतमा मात्रै स्थान पाउने भएको छ ।

सो पार्टीले समानुपातिक तर्फ ३ प्रतिशतको थ्रेस होल्ड पार गर्न नसकेको अवस्था देखिएकाले स्वतन्त्रको हैसियत मात्रै पाउने देखिएको हो । गोरखाबाट सो पार्टीका डा बाबुराम भट्टराईले विजय हासिल गरेका छन् । तर उनको पार्टीले कुल सदर मतको तीन प्रतिशत नपाउने सम्भावना देखिएको छ ।

स्वतन्त्र संसदको हैसियतमा संसद भवन प्रवेश गर्नुपर्ने अवस्था देखिएको छ । नयाँ शक्तिले डा. भट्टराईको पार्टीले राष्ट्रिय दलको मान्यता पाउने छैन । त्यस्तो अवस्थामा उनी र उनको दलबाट समानुपातिक संसद बनेकाहरु स्वतन्त्र संसदको हैसियतमा संसद भवन प्रवेश गर्नेछन् ।

समानुपातिक तर्फको मतगणना समेत सो पार्टीको अवस्था दुरुहपूर्ण रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको