Like us!
Follow us!
Connect us!
Watch us!

कांग्रेस नेता जोशीलाई कारबाहीको सिफारिस

मंगलबार, २६ मंसिर २०७४, २० : ५४ मा प्रकाशित

कांग्रेस नेता जोशीलाई कारबाहीको सिफारिस

अर्थ संसार, दमौली तनहुँ– नेपाली काँग्रेस तनहुँले पूर्व गृहमन्त्री एवं नेपाली काँग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीलाई कारबाही गर्न केन्द्रमा सिफारिस गरेको छ ।

निर्वाचनमा विपक्षीलाई सहयोग पुर्याएको भन्दै आज बसेको काँग्रेस जिल्ला कार्यसमितिको बैठकले उहाँलाई कारबाहीका लागि सिफारिस गर्ने निर्णय गरेको हो । सोहि निर्णयका आधारमा नेता जोशीलाई कारबाहीका लागि काँग्रेसको केन्द्रीय कार्यालयमा सिफारिस गरिएको हो ।

जोशीले वागी उम्मेदवार हाल्दा प्रस्तावक र समर्थक बसेका अरु दुईजनालाई समेत कारबाहीका लागि सिफारिस गरिएको पार्टीका जिल्ला सचिव लक्ष्मी आचार्यले बताउनुभयो ।

काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध तनहुँ क्षेत्र नं। १ वाट वागी उम्मेदवारी दिने जोशी तथा उनका प्रस्तावक हरिशरण पण्डित र समर्थक रामदेव पन्थलाई कारबाहीको लागि सिफारिस गरिएको हो ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको