Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्री साझा बसमै सिंहदरबार सरर

आइतबार, १२ मंसिर २०७३, १४ : ११ मा प्रकाशित

प्रधानमन्त्री साझा बसमै सिंहदरबार सरर

अर्थ संसार

काठमाडौं–सधैं स्कर्टिङमा हिँड्ने प्रधानमन्त्री पुष्पकमल दाहालसहितका केही मन्त्री आइतबार भने सर्बसाधारणको सवारी साधन भनेर चिनिने साझा बसमा चढेका भेटिए । उनीहर आआफ्ना प्राडो पजेरो छाडेर हरिया रंगका साझा बस चढेर सिंहदवारस्थित मन्त्रालय पुगेका थिए । 

साझा यातायातले आइतबारदेखि नयाँ ३० वटा बस संचालनमा ल्याएको छ । आफ्नो कार्यालयबाट संचालनमा ल्याइएका ती बसको उद्घाटन गर्न प्रधानमन्त्री दाहाल पुल्चोक पुगेका थिए । त्यहीँबाट उनीहरु साझा बस चढेर सिंहदरवार गएका हुन्।

यसअघि प्रधानमन्त्री दाहालले संसदमा सरकारले गर्ने कामबारे सम्बोधन गर्दा सरकारले ठूला बस सञ्चालनमा ल्याउने बताएका थिए । उनको घोषणा कार्यान्वयनमा आउने छाँट देखिएको छैन । साझाले ल्याएको नयाँ बस सेवा शुभारम्भ गर्दै उनले साझा यातायातले गरेको कामको भने प्रसंसा गरे ।  

प्रधानमन्त्री दाहालसँगको यात्रामा एमाले नेता केशव वडाल नारिएरै बसेका थिए । यात्रामा यातायात मन्त्री रमेश लेखक, स्थानिय विकास मन्त्री हितराज पाण्डे सहभागि थिए । उक्त बसमा सुरुदेखि साझा यातायातको प्रबर्धन गर्दै आएका कलाकारहरु हरिवंश आर्चाय, मदनकृष्ण श्रेष्ठ, उद्योगी व्यवसायी सवार थिए। 

काठमाडौं महानगरपालिकाको समेत सेयरमा साझा यातायातले ३० वटा बस थपेको हो । त्यसमा काठमाडौं महानगरको १० करोड रुपैयाँ सेयर छ । महानगरले थप ५ करोड रुपैयाँको सेयर किन्ने जनाएको छ । 

महानगरपालिकाका कार्यकारी प्रमुख रुद्रसिंह तामाङले थप ५ करोड रुपैयाँ साझालाई बस खरिदका लागि उपलब्ध गराउने घोषणा गरे । नयाँ ३० वटा बसमा महानगरपालिकाको ८७ प्रतिशत सेयर छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको