Like us!
Follow us!
Connect us!
Watch us!

घोराही सिमेन्ट इन्डष्ट्री घाटामा,प्रति सेयर आम्दानी पनि ऋणात्मक

अर्थ संसार

बुधबार, ३० साउन २०८१, ०९ : ०२ मा प्रकाशित

घोराही सिमेन्ट इन्डष्ट्री घाटामा,प्रति सेयर आम्दानी पनि ऋणात्मक

घोराही सिमेन्ट इन्डष्ट्री लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

कमजोर वित्तीय अवस्था 
घोराही सिमेन्ट इन्डष्ट्री लिमिटेड अघिल्लो आर्थिक वर्षको असारसम्ममा १ अर्ब २१ करोड घाटामा रहेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनी ६ करोड ३१ लाख रुपैयाँ नाफामा रहेको थियो। कम्पनीको बिक्री आम्दानी घटेको छ भने  खर्च बढेको कारण कम्पनी नोक्सानीमा रहेको छ। कम्पनीको वित्तीय खर्च मात्रै ७९.२५ प्रतिशत बढेको छ। जसका कारण  सञ्चालन आम्दानी ३.३० प्रतिशतले र कुल नाफा ६९.०६ प्रतिशत घटेको छ। 

प्रति सेयर आम्दानी
२६ रुपैयाँ ६८ पैसा ऋणात्मक

प्रति सेयर नेटवर्थ
२०७ रुपैयाँ ९३ पैसा

चुक्ता पूँजी
४ अर्ब ५६ करोड ७६ लाख रुपैयाँ 

जगेडा कोष
४ अर्ब ९२ करोड रुपैयाँ सञ्चित

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको