Like us!
Follow us!
Connect us!
Watch us!

नेपालीलाई विदेशमा बैंक खाता र घरजग्गामा लगानी गर्न प्रतिबन्ध

अर्थ संसार

बुधबार, ०५ भदौ २०८१, ११ : २५ मा प्रकाशित

नेपालीलाई विदेशमा बैंक खाता र घरजग्गामा लगानी गर्न प्रतिबन्ध

नेपाल राष्ट्र बैंकले नेपाली नागरिकलाई विदेशमा बैंक खाता र घरजग्गामा लगानी गर्न प्रतिबन्ध लगाएको छ । 

राष्ट्र बैंकले एक सूचना प्रकाशित गर्दै विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ तथा विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१ को व्यवस्थाबमोजिम कुनै पनि नेपाली नागरिकले विदेशमा बैंक खाता खोल्न, घरजग्गा तथा अन्य कुनै पनि किसिमको लगानी गर्न प्रतिबन्ध लगाइएको बताएको हो ।

तर, नेपाली नागरिकले विदेशमा रहँदाबस्दाको अवधिसम्म आर्जन गरेको रकम विदेशस्थित बैंकमा खाता खोली रकम जम्मा गर्न भने सक्ने व्यवस्था रहेको छ । यसरी लगानी गरेको विदेशी विनिमय नेपाल फर्किसकेपछि ३५ दिनभित्र स्वदेश फर्काउनु पर्ने राष्ट्र बैंकले जनाएको छ ।

नेपाल फर्केपछि पनि यस्तो खाता वा लगानी कायमै राख्न चाहेमा सो खाता वा लगानी रहेको बैंकको नाम, ठेगाना, खाता नम्बर, विदेशी मुद्रा तथा रकम खुलाई सोको जानकार राष्ट्र बैंकमा ३५ दिनभित्र दिनुपर्ने राष्ट्र बैंकको भनाइ छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको